खोटाङ।अनेरास्ववियु खोटाङको अध्यक्षमा मोहन पोखरेल (संग्राम) चुनिएका छन् । शनिबार दिक्तेलमा सम्पन्न २३औं जिल्ला सम्मेलनबाट पोखरेल अनेरास्ववियुको अध्यक्ष चुनिएका हुन् । अखिलको ३५ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा यम खड्का, सचिवमा विष्णु उपरकोटी, सहसचिवमा घनश्याम ढकाल र सुरेश प्रधान तथा कोषाध्यक्षमा मुस्कान राई चयन भएका छन् ।
‘शिक्षाको राष्ट्रियकरणमा जोड, निजीकरणलाई निरुत्साहन, वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि २३औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ सम्पन्न सम्मेलनले अभिषेक घिमिरे, प्रकाश पोखरेल, पूजा रेग्मी, विप्लव कोइराला, एलिना गिरी, प्रतिमा राई, सरस्वती परियार, सुशीला तिमिल्सिना, सृजना अधिकारी, मिना योगी, रुवी राई, ईश्वर आचार्य, विक्रम क्षेत्री सदस्यमा चयन भएका छन् ।
यस्तै, कैलाश खड्का, मिलन भुजेल, झगराज राई, अनिल आचार्य, उमेश रिजाल, सौगात राई, दीपक खतिवडा, स्नेहा राई, युवराज कट्वाल, सविन राई र प्रवेश राई सदस्य चुनिएका छन् ।
जिल्ला सम्मेलन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष एवं एमालेका केन्द्रीय सदस्य सुनिता बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सम्मेलनमा एमालेका केन्द्रीय सदस्य उषाकला राई, एमाले नेता दिपनारायण रिजाल, सुरेन्द्रकुमार राईलगायतको उपस्थिति रहेको थियो । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend