Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले पेसागत संगठन विस्तारमा जोड, निजामती कर्मचारी संगठन पाटनको अध्यक्षमा भण्डारी


    शनिबार, पुष १७ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी।नेकपा एमालेको शुभेच्छुक संगठनका रूपमा रहेको नेपाल निजामती कर्मचारी संगठन पाटन बैतडीको नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । 

    अधिवेशनले बिस्ना भण्डारीको अध्यक्षतामा २९ सदस्यीय पालिका कमिटी गठन गरेको छ । आजै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नगर कमिटी पनि गठन गरेको छ । जस अनुसार बीर बहादुर खातीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ । 

    यसैगरी स्थानीयतह कर्मचारी हकहित मञ्चको पनि पालिका कमिटी पनि गठन गरिएको छ । बिर्खराज भट्टको अध्यक्षतामा नगर कमिटी गठन गरिएको हो ।

    नगर सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष एवं, बैतडीबाट संघीय सासंद दामोदर भण्डारी रहेका थिए ।

    जिल्लाको पुर्चौडी नगरपालिकामा भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नगर अधिवेशनले दीपेन्द्र बहादुर धामीको अध्यक्षतामा नगर कमिटी गठन गरेको छ । 

    यसैबिच जिल्लाको दोगडाकेदार गाउँपालिकामा शुक्रबार सम्पन्न निजामती कर्मचारी संगठनको गाउँ अधिवेशनले चक्रदेब भट्टको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटी गठन गरेको छ । न्युज कारखाना

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार