Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रणवीरलाई पाँच बायोपिकमा अभिनयको प्रस्ताव


    शनिबार, पुष १७ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । फिल्म ‘८३’मा कपिल देवको भूमिकामा अभिनय गरेका अभिनेता रणवीर सिंहलाई पाँच बायोपिकमा अभिनयको प्रस्ताव आएको छ । जसमा तीन फिल्म खेलाडीको जीवनमा आधारित छन् । यो कुराको खुलासा उनले एक अन्तर्वार्तामा गरेका छन् ।

    ‘मेरो ५ बायोपिक फिल्मका लागि कुराकानी भइरहेको छ । जसमा तीन फिल्म खेलाडीको जीवनसँग सम्बन्धित छ । यी सबै बायोपिक फरकफरक चरणमा छन् । केहीको कथा अहिले विकसित भइरहेको छ । आशा छ एउटा राम्रो स्क्रिप्ट बन्नेछ र यसको घोषणा हुनेछ’, उनले भनेका छन् ।

    फिल्म ‘८३’ डिसेम्बर २४ मा रिलिज भएको थियो । कवीर खान निर्देशित फिल्ममा दीपिका पादुकोण, पंकज त्रिपाठी र ताहिर राज भसीनलगायतका कलाकारको अभिनय छ । फिल्मले हाल विश्वव्यापी रुपमा १ सय १५ करोड कमाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार