Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाल्पामा एकै दिन ८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित राख्ने ठाउँ नै अपुग


    सोमबार, असार ८ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पाल्पा । कोरोना संक्रमितको संख्या बढेसँगै कतिपय जिल्लामा आइसोलेसन नै अपुग हुन थालेको छ । पाल्पामा सोमबार एकै दिन ८२ जना नयाँ कोरोना संक्रमित थपिएपछि उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या देखिएको छ ।

    पाल्पाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै पाल्पामा हालसम्म कोरोना संक्रमितको संख्या १ सय ७६ पुगेको छ ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सोमबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

    १ सय ३९ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा ८० जनामा पोजेटिभ देखिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताएका छन् । २ सय ८३ जनाको स्वाब संकलन गरी पठाइएकोमा १४४ जनाको रिपोर्ट आउन बाँकी छ ।

    संक्रमित पुष्टि भएका सबै जना तीन हप्ताअघि भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको गणपति, जनउज्वल र अकला विद्यालयको क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरु हुन् । एकैपटक धेरै जनमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या भएको गाउँपालिकाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार