कल्पना बोहरा
अछाम । नेकपा एमाले अछामको आठौं अधिवेशनमा प्रकाश शाहले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी एमाले जिल्ला कमिटी सचिवालय सदस्य, संगठन विभाग प्रमुख हुन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै सचिवालय सदस्य शाहले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा शाहले पार्टीको आन्तरिक जीवनलाई मजवुत बनाउँदै अछाममा एक नम्बरको पार्टी बनाउनको लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । वामपन्थी पार्टीहरुसँगको कार्यगत एकताका आधारमा पार्टीलाई ठूलो बनाउने उनको भनाइ थियो ।
अछामका ९१ वटै वडाका वडा अध्यक्ष, दश वटै पालिकाका अध्यक्षको बलमा अध्यक्षको लागि उम्मेदवार बन्ने उनले तर्क गरे ।
जिल्ला अधिवेशनले सर्बसम्मत नेतृत्व चयन गर्नुपर्ने आफ्नो मान्यता रहेको बताउँदै उनले युवा नेतृत्वले अवसर पाउनु पर्नेमा जोड दिए । टिके प्रथाबाट नेतृत्व चयन गर्ने पक्षको विरुद्धमा आफू रहेको उनले बताए ।
शाहले पार्टीका नेता कृष्णप्रसाद भट्टराईको समर्थन आफूलाई रहेको दाबी गरे । उनले २८ वर्ष अघि अछाममा पार्टीको नेतृत्व गरिसकेका कारण भट्टराईले पार्टी अध्यक्षको लागि दाबी नभई जिल्लामा अभिभावकको भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । पार्टी नेतृत्वले भट्टराईलाई केन्द्रिय सदस्य नबनाएर गल्ती गरेको उनले बताए ।
शाहले अध्यक्षको उम्मेदवार कुनै बार्गेनिङ गर्नका लागि नभई एमालेलाई बलियो बनाउनको लागि भएको तर्क गरे ।
२०४७ सालमा बाजुराबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । अनेरास्ववियुको सहसचिव, पार्टीको ईलाका कमिटी सचिव, इन्चार्ज हुँदै दुई कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य बनेका थिए । यस्तै नेकपा एमाले र माओवादी केन्द्र एकीकरण पछि जिल्लाको संगठन विभाग प्रमुख बनेका थिए । एमाले र माओवादी केन्द्र अलग अलग भएपछि उनी अहिले नेकपा एमालेको सचिवालय सदस्य, एवम् संगठन विभाग प्रमुख र आठौं जिल्ला अधिवेशनको प्रचारप्रसार प्रमुख छन् । न्युज कारखाना
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend