Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ५ सय ३५ मा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९५६१ पुग्यो


    सोमबार, असार ८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालमा  ५ सय ३५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार आयोजित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लाका गरी २४ घन्टामा ५ सय ३५ कोरोना संक्रमित थपिएको जानकारी दिएका छन् । 

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९५६१ पुगेको छ। संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने २३ जनाले ज्यान गुमाएका छन्।

    सरकारले पछिल्लो समय दैनिक १० हजार जनाको स्वाबको परीक्षण गर्ने गरी तयारी थालेको छ। अहिलेसम्म पिसिआर प्रविधिबाट १ लाख ८१ हजार ३ सय जनाको स्वाब परीक्षण भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार