Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड भन्छन्- खुरापात र विचलनको बाटो मोडेर स्टेयरिङलाई सकारात्मक मोड दिएका छौँ


    शुक्रबार, पुष १६ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सही बाटोमा फर्किएको बताएका छन् । 

    आफ्नो प्रतिवेदनमा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले भने, ’ठूलो मेहनत गरेर पार्टीलाई बाटो फर्काएका छौं ।’

    प्रचण्डले पार्टीमा खुरापात र विचलनतिर जाने खतरा पैदा भएको उल्लेख गर्दै थुप्रै खालका विसंगति देखा परेकोमा यो स्थितिबाट फेरि स्टेयरिङलाई सकारात्मक मोड दिने ठाउँमा आइपुगेका दाबी गरे ।

    पार्टीको जारी आठौं महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिएका हुन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार