पोखरा । गुण्डागर्दीबाट राजनीतिमा प्रवेश गरेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले ‘भ्रष्टाचारका कारण लाज लागेको’ भन्दै गण्डकी प्रदेश सभाको अर्थ तथा विकास दीपक मनाङ्गेले राजीनामा दिएका छन् । अर्थ तथा विकास समितिका सदस्य रहेका दीपक मनाङ्गेले समितिको सदस्यबाट कामप्रति चित्त नवुझेको भनेर राजीनामा दिएका हुन् ।
उनले समितिको सदस्य भएर पनि केही गर्न नसकेको भन्दै राजीनामा दिएको बताएका छन् । उनले भने, ‘काम नलाग्ने त्यस्तो समितिमा बसेर लाज लाग्यो, जताततै भ्रष्टाचार, काम गर्ने अधिकार छैन, समितिले अनुगमन गर्दैन, समितिले निर्देशन मात्रै दिँदो रहेछ, काम गर्ने निकायलाई केही भन्यो भने काम गर्दैन, देख्दा लाज लागेर आउँछ ।’
समितिले काम नगर्ने र निर्देशन दिनेमै सीमित भएकाले त्यस्तो ठाउँमा बसेर केही गर्न नसकिने उनको भनाइ छ ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend