Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जंगली च्याउ खाँदा ५ जना बिरामी


    सोमबार, असार ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तुलसीपुर । दाङमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । जङ्गलबाट ल्याइएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नं ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उहाँकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर –५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र ११ वर्षीय विशाल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो ।

    आइतबार बेलुका उनीहरुले जङ्गलबाट ल्याइएको च्याउ खाएका थिए । बिरामी परेकामध्ये मैतीको गम्भीरावस्था छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार