Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भारतमा ओमिक्रोनः महाराष्ट्रमा एकै दिन १९८ जना संक्रमित


    शुक्रबार, पुष १६ २०७८
    465
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । महाराष्ट्रमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

    पछिल्लो २४ घन्टामा महाराष्ट्रमा १९८ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । नयाँ भेरियन्ट निकै संक्रामक भएको विज्ञहरुले बताउँदै आएका छन् । 

    भारतमा कोभिड संक्रमित बढेपछि कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् । संक्रमण बढेपछि नयाँ दिल्ली र उत्तर प्रदेशमा यसै साता रात्रीकालिन कर्फ्यू लगाइएको छ । 

    नोभेम्बरको अन्त्यदेखि दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन अहिले विश्वका विभिन्न देशहरुमा फैलिएको छ । भारतमा अहिलेसम्म ९६२ जना ओमिक्रोन संक्रमित भेटिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार