Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तौलामै ९१ हजारमा सुनको कारोबार


    सोमबार, असार ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजार सोमबार सुनको भाउ ९१ हजार रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि निर्धारण गरिएको सुनको भाउ हालसम्मकै सबैभन्दा धेरै भएको छ ।

    महासंघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार र तेजावीका लागि ९० हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ । आइतबार छापावाल सुन ९० हजार ६ सय र तेजावी सुन ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ९५० पुगेको छ ।

     

    लकडाउन अघि बन्द भएको सुन चाँदी व्यवसाय पूर्णरुपमा अझै खुली नसकेको महासंघले जनाएको छ । सरकारले लकडाउन खुकुलो बनाए पछि महासंघले सुनको भाउ तोकेको त छ तर भाउ धेरै बढेकाले एकै पटक धेरै फिर्ता सुन किन्न नसक्ने पनि विज्ञप्तिमार्फत जनाएको छ ।

    बजारको खुलेका केही पसलमा सुन बिक्री गर्न आउने ग्राहक बढेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार