Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोभिडका कारण लकडाउन गरिएको सियान सहरमा खाद्यन्न अभाव


    शुक्रबार, पुष १६ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । कोभिडका कारण यसै साता लकडाउन घोषणा गरिएको चीनको पश्चिमी क्षेत्रमा अवस्थित सियान सहरमा खाद्यन्न अभाव भएको छ । सियानमा खाद्यन्न र अन्य अत्यावश्यक सामानको हाहाकार भएको त्यहाँका वासिन्दाले गुनासो गर्न थालेका छन् ।

    सन् २०१९ को ३१ डिसेम्बरमा सर्वप्रथम वुहानमा कोभिड देखिपछि चीनले संक्रमण रोक्न विभिन्न उपाय अवलम्बन गर्दै आएको छ ।

    लकडाउनका कारण आफूहरुले पर्याप्त खाद्यन्न नपाएको सियानका स्थानीयले बताएको  अन्तर्राष्ट्रिय सञ्चार मध्यामहरुले जनाएका छन् । स्थानीय प्रशासनका केही व्यक्तिले निकै थोरै परिमाणमा खाद्य सामाग्री दिने गरेको सो सहरकी वासिन्दा आदा झाओले गुनासो गरेकी छिन् । 

    आफूले दुई दिनदेखि खानेकुरा नपाएको अर्की स्थानीय महिलाले गुनासो गरेकी छिन् । ‘हाम्रो समुदायमा अत्यावश्यक सामाग्रीको वितरणबारे केही जानाकारी दिइएको छैन । हामीले कसरी संग्रह गर्न सक्छौं , ?’ उनले प्रश्न गरिन् ।

    १ करोड २० लाख जनसंख्या भएको सियानमा अत्यावश्यक आपूर्तिमा पर्याप्त पहुँच भएको त्यहाँको वाणिज्य मन्त्रालयले दाबी गरेको छ । त्यस्तै, बेइजिङले सियानमा खाद्यन्न अभाव नभएको जनाउँदै आएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार