Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कुलमान घिसिङलाई उपभोक्ताको प्रश्न- खै बिजुली ?


    शुक्रबार, पुष १६ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउन आग्रह गरिरहेका बेला सबैभन्दा बढी विद्युत् खपत हुने उपत्यकामा आपूर्ति भने खल्बलिएको छ। एक सातायता उपत्यकाका अधिकांश ठाउँमा नियमित आपूर्ति नहुँदा उपभोक्ताले ‘खै बिजुली?’ भन्न थालेका छन्।

    पूर्वसूचनाबिनै झ्याप्प–झ्याप्प बिजुली जाने समस्या ह्वात्तै बढेपछि उपभोक्ताले यस्तो प्रश्न गर्न थालेका हुन्। दुई–तीन दिनयता उपत्यकामा छिन–छिनमा बिजुली जाने समस्या देखिएको हो। बिजुली जाने र आउने निश्चित नभएसँगै जाडोमा उपत्यकाबासी अँध्यारोमै बस्न बाध्य छन्। यसले नियमित रूपमा भरपर्दाे तथा गुणस्तरीय बिजुली आपूर्ति गर्न प्रयत्नशील रहेको प्राधिकरणको दाबी फिका हुँदै गएका छ।

    दुई दिनयता काठमाडौंसहित मुलुकभर पानी परिरहेको छ। पानी परेको बेला बिजुली माग घटे पनि आपूर्तिमा समस्या हुँदा झ्याप्प–झ्याप्प बिजुली जाने समस्या बढेको हो।

    अहिले कतै कतै त दिनमा १०–१२ पटकसम्म बिजुली जाने समस्या छ। प्राधिकरणले भने समस्या समाधान गर्न सकिरहेको छैन। बानेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने बानेश्वर, कोटेश्वर महादेवस्थान क्षेत्रमा विगत तीन दिनदेखि विहान–बेलुका लगातार लोडसेडिङ भइरहेको छ। यतिबेला राजधानीका अधिकांश क्षेत्रका उपभोक्ताको समस्या उस्तै छ– जति बेला पनि बिनासूचना बत्ती जाने।

    पेप्सीकोला टाउन प्लानिङको एक भागमा बुधबार साँझ ६ बजेदेखि २४ घन्टासम्म बिजुली नआएको स्थानीय टेकराज ज्ञवालीले जानकार दिए। उनले यसबारेमा प्राधिकरणमा पुगेर बुझ्दा ट्रान्सफर्मर तयार भइरहेको जानकारी पाएको बताए।  नागरिक दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार