Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा फेरि बढे कोरोना संक्रमित, ९६१ मा ओमिक्रोन देखियो


    शुक्रबार, पुष १६ २०७८
    515
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नयाँ दिल्ली। भारतमा देशव्यापी कोभिड संक्रमण बढेको  छ । २६ डिसेम्बरदेखि देशभर कोभिड संक्रमित बढेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलले जनाएको छ । ‘समग्रमा २२ राज्यमा संक्रमण फैलिएको  छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता लुभअग्रवालले भने । उनका अनुसार भारतमा अहिले औषतमा दैनिक १० हजार संक्रमित भेटिएका छन् । 

    केरला र महाराष्ट्रमा कोभिडका १० हजार सक्रीय संक्रमित छन् । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १३ हजार १५४ जनामा कोभिड संक्रमण देखिएको थियो । ‘पछिल्लो समयमा प्रष्ट रुपमा कोभिड संक्रमित बढेको देखेका छौ । दिल्लीमा दिनहुँ दैनिक संक्रमित दोब्बरले बढेका छन् । महाराष्ट्र, पन्जाब, हरियाणा, झारखन्ड, पश्चिम बंगालमा निरन्तर कोभिड बढिरहेको छ ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ ।  तर कोभिड संक्रमित बढे पनि मृत्यु भने स्थिर रहेको जनाइएको छ । 

    कोभिडको नयाँ संक्रमण ओमिक्रोनका कारण विश्वभर कोभिड संक्रमित बढेका छन् । नोभेम्बरमा दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भारतलगायत ९० देशमा फैलिएको छ । भारतमा ओमिक्रोत संक्रमितको संख्या ९६१ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार महाराष्ट्रमा पछिल्लो एक महिनामा साढे तीन प्रतिशतले संक्रमित बढेका छन् । एजेन्सी
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार