Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • विद्युत, खानेपानी र खाद्य वस्तुमा ४५ प्रतिशत छुट गर्न अखिल क्रान्तिकारी हुम्लाको माग


    बिहिबार, पुष १५ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुरेश परियार 

    सिमकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) हुम्लाले विद्युत, खानेपानी र खाद्य वस्तुमा ४५ प्रतिशत छुट गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई कार्यालय हुम्लासँग माग गरेको छ । 

    अखिल क्रान्तिकारीले विद्यार्थीलाई अध्ययन गर्दा समस्या परेको भन्दै शैक्षिक सुधारका विभिन्न ७ बुँदे मागसहित शिक्षा समन्वय एकाइ र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ।  

    अखिल क्रान्तिकारी हुम्ला अध्यक्ष उपेन्द्र रावलले शिक्षा, स्वास्थ्य र खाद्यान्नका विषयमा जिल्लाका सम्वन्धित निकायहरुको ध्यानार्कषण गराएको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए । 

    बिहीबार अध्यक्ष रावल सहितको नेतृत्वमा गएको विद्यार्थीहरुको समूहले विद्यार्थीलाई सहुलियतको माग गर्दै र शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । 

    दलित, पिछडिएका, जनजाति र महिला, अपंगता भएका विद्यार्थीका लागि व्यवस्थित छात्राबास स्थापना गरिनु पर्ने, विद्यालयहरुमा दक्षताको आधारमा शिक्षक, कर्मचारी नियुक्ति गरिनु पर्ने जस्ता माग राखिएको उनले बताए । 

    संगठनले शिक्षा सुधारका लागि हुम्ला जिल्लाका सातवटै गाउँपालिकाहरुमा माग पत्र पेस गर्ने भएको अध्यक्ष रावलले बताए ।  न्यूज कारखाना  

    hh-.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार