धनगढी। कैलालीमा द्वन्द्वपीडित महिलालाई रोजगार सामग्री हस्तान्तरण गरिएको छ ।
अलर्ट, टिपिओ नेपाल तथा महिला कानुन र समाज कैलालीले करिब पाँच लाख बराबरको रोजगार सामाग्री कैलारी गाउँपालिकाका १० जना द्वन्द्वपीडित महिलालाई वितरण गरेको हो ।
द्वन्द्वपीडित भई राज्यबाट कुनै सहयोग नपाएका तथा समस्यामा परेका महिलालाई लक्षित गरी सामाग्री हस्तान्तरण गरिएको महिला कानुन र विकास मञ्चका निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए । उनका अनुसार पाँच जना महिलालाई बंगुर, एक जनालाई किराना, एक जनालाई होटेल सम्बन्धी, एक जनालाई कस्मेटिक सामाग्री, एक जना महिलालाई सिलाई मेसिन र एक जना महिलालाई माछाका भुरा वितरण गरिएको छ ।
सहयोग पाउने महिलालाई यसअघि सिप विकास सम्बन्धी तालिम दिइएको र उनीहरूको माग अनुसार व्यवसाय सञ्चालन गर्न तथा सञ्चालित व्यवसायलाई प्रवर्द्धन गर्न सामाग्री हस्तान्तरण गरिएको श्रेष्ठले बताए । संस्थाले परिवार केन्द्रित अवधारण अनुरूप द्वन्द्वपीडितलाई आर्थिक सशक्तीकरणका लागि सहयोग गर्ने गरेको उनले बताए ।
सहयोग सामाग्री पाउने महिलाले अव आत्मनिर्भर हुन सहज हुने बताएका छन् । ‘राज्यकै कारण पीडित भएका हामीलाई राजयले कहिल्यै हेरेन,’ शिलादेवी चौधरीले भनिन्, ‘केही काम गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक समस्याका कारण असहज भइरहेको थियो, अव स्वरोजगार बन्ने इच्छा पुरा हुने छ ।’न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend