Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना कहरः पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार थप संक्रमित


    सोमबार, असार ८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार २० जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार यो संख्या हालसम्म कै उच्च हो ।

    यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ।

    विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दे गएको सन्दर्भमा यो तथ्यांक सार्वजनिक भएको हो।

    यसअघि जुन १८ मा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए। सो दिन १ लाख ८१ हजार २ सय ३२ संक्रमित पुष्टि भएका थिए।

     

    हाल विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा फेला परेका छन्। त्यहाँ २२ लाख ७९ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ।

    अमेरिकापछि सर्वाधिक संक्रमित ब्राजिलमा रहेका छन्। हालसम्म ११ लाख बढी संक्रमित फेला परेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघिसकेको छ।

    यस्तै पछिल्लो विश्व विवरण अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ८९ लाख भन्दा बढी भइसकेको छ।

    यसैगरी कोरोनाका कारण विश्वभर ४ लाख ६७ हजार बढी मानिसको मृत्यु भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार