Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ताइवान विवादः जापान र चीनबीच हटलाईन टेलिफोन सेवा


    बुधबार, पुष १४ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । जापान र चीनले हटलाइन टेलिफोन स्थापना गर्न सहमत भएका छन् । ताइवान र दक्षिण चीन सागरमा विद्यमान विवादबारे छलफल गर्न दुई देशबीच हटलाईन टेलिफोन स्थापना गर्न सहमत भएका हुन् ।

    जापानका रक्षामन्त्री नोबुओ किसी र चीनका रक्षामन्त्री वेइ फेनघीबीच साढे दुई घन्टा लामो भिडियो सम्मेलनपछि हटलाईन स्थापना गर्ने विषयमा सहमति जनाएका हुन् । सो अवसरमा जापाना प्रशासित सेनकाकु टापुहरुमा चिनियाँ जलसेनाको उपस्थितिलाई लिएर जापानका रक्षामन्त्री किसीले गम्भीर चासो देखाएका थिए ।

    दिओयुसमेत भनिने सेनकाकु टापुहरुलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार