Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मनाङमा तीन फिटसम्म हिउँ (फोटो फिचर)


    बुधबार, पुष १४ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । मनाङमा निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मनाङको  सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । 

    शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १२ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ । चिसो अत्यधिक बढेको छ । 

    शनिबारदेखि आइतबारसम्म हल्का हिमपात भए पनि मंगलबार साँझदेखि भने माथिल्लो मनाङसहित चामेमा ३ फिट बाक्लो हिमपात भएको मनाङका  प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । मनाङको नासों गाउँपालिका– ९ दानक्युदेखि माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको हो । 

    जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । बाक्लो हिमपात भएकाले अत्यधिक चिसो बढेसगै प्रहरीलाई नियमित गस्तीका लागि वरपर हिँड्नसमेत समस्या भएको छ । 

    जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १३ डिग्री सेल्सियससम्म पुग्ने गरेको सशस्त्र प्रहरी  बल नेपाल  पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका प्रमुख एसपी सूर्यप्रसाद आचार्यले बताए । 

    अत्यधिक चिसोका कारण खोला खोल्सा र पिउनका लागि ल्याइएको पानी पाइपमा जमेको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलले बताए । उनले भने बाक्लो हिमपातका कारण हिँड्डुल गर्न समेत समस्या भएको छ ।

    जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भू–भागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने हुनाले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।
     

    hiu-manag-1-.jpg.jpghiu-manag-4-.jpg.jpghiu-manag-6-.jpg.jpghiu-manag-5-.jpg.jpghiu-manag-7-.jpg.jpghiu-manag-8-.jpg.jpghiu-manag-10-.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार