Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार, आठ जना पक्राउ


    बुधबार, पुष १४ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं-२६ मित्रनगरस्थित नयाँ बसपार्कमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पुस १३ गते रातिदेखि १४ गतेसम्म महिलामाथि सामूहिक बलात्कार भएको हो ।

    महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारि दिए।

    बलात्कारमा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजी भइरहेको छ ।

    ‘बसपार्कको एउटा गेष्ट हाउसमा लगेर महिलालाई बलात्कार गरिएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन भएको थियो,’ मैनालीले भने।

    महिलाको स्वास्थ्य परीक्षण गरिएको र उनको स्वास्थ्य सामान्य रहेको मैनालीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार