काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाए पनि सार्वजनिक सवारी संचालन गर्न बन्देज लगाइरहेको छ । तर लकडाउनकै बेला भाडा उठाएर काठमाडौंमा यात्रु ओसार्ने ४ वटा सार्वजनिक सवारीसाधन सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारले लकडाउनको मोडालिटीमात्र परिवर्तन गरेको हो, जसमा निजी सवारी साधन जोरबिजोर नम्बरका आधारमा संचालन गर्न दिइएको छ । तर भाडाका सवारी साधन चल्न अनुमति दिइएको छैन । तर ४ वटा बसले यात्रु ओसारेको भेटिएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार विनापास वढी भाडा लिई उपत्यका प्रवेश गर्न खोज्ने नेपालगञ्ज र झापाबाट काठमाडौं आएका ४ वटा सार्बजनिक भाडाका बसहरू नियन्त्रणमा लिइएको हो ।
प्रहरीले विभिन्न मितिमा नेपालगञ्जबाट आएको बा४ख ७३६३, ना७ ख ५३९५ र बा४ख ४५८० नम्बरको हाईस तथा झापाबाट आएको ना५ख ५८३४ नम्बरको बसहरु आइतबार नागढुङ्गाबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीलले बसका साथै चारवटै सवारीसाधनका चालहरुलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने चालकहरुमा विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्र बहादुर घर्ती रहेका छन् ।
महाशाखाका अनुसार यी सवारी साधनहरुले लकडाउनका बेला आफूखुसी भाडा असुली गरी यात्रुहरुलाई काठमाडौं प्रवेश गराउने प्रयास गरेका थिए ।