Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घरकै धारा पानी आउँदा स्थानीय महिला खुसी


    मंगलबार, पुष १३ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गुल्मी । इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको जुकेपानी–बजाउने डाडा–बनगाउँ लिफ्ट खानेपानी योजनाको उद्घाटन गरिएको छ ।

    नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण बिष्टले खानेपानी आयोजनाको उद्घाटन गर्दै पानी बोक्दा आङ खस्ने महिलालालाई घर छेउमा पानी खस्दाको खुसी पुरुषलाई कम महसुस हुने बताए ।  

    ‘एक घर एक’ धारा अभियानमार्फत खानेपानी समस्या समाधान गर्ने उद्देश्यले गाउँपालिकाले खानेपानी योजना सञ्चालन गरेको थियो । खानेपानी योजना पुस २०७६ मा सम्झौता भएर चैत २०७७ मा सम्पन्न भएको थियो । ६४ लाखभन्दा बढी लागतमा सो आयोजना सम्पन्न भएको बताइएको छ । 

    खानेपानी योजनामार्फत ३०० घरधुरी लाभान्वित हुने योजना अध्यक्ष लिल बहादुर बिष्टले जानकारी दिए । अहिले ६८ घर र एक विद्यालयमा एक घर एक धारा पुगेको छ । जुकेपानी–बजाउने डाडा–बनगाउँ लिफ्ट खानेपानी योजनाका उपभोक्ता रामबहादुर बिष्टले जुग फेरिए जस्तै महसुस भएको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार