Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • भदौ महिनासम्म कोरोना संक्रमितको संख्या ४० हजार नाघ्ने प्रक्षेपण


    आइतबार, असार ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । आगामी भदौ महिनासम्म नेपालमा ४० हजार कोरोना संक्रमित पुग्ने प्रक्षेपण गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह सचिव डा. गुणराज लोहनीका अनुसार मध्यम अवस्थामा रहे संक्रमितको संख्या ४० हजार पुग्नसक्ने बताएका हुन्।

    ‘संक्रमणलाई लिएर दुईटा अवस्था छन्। एउटा खराब अवस्था र अर्को ठिक्क वा मध्यम अवस्था हो। हामी मध्यम अवस्थामा रह्यौं भने भदौ पहिलो सातासस्म ४० हजार संक्रमित पुग्नसक्छ भन्ने हो,’ उनले भने।

     

    मन्त्रालयले ४० हजार संक्रमितमध्ये पाँच प्रतिशत विरामीलाई अस्पताल भर्ना गर्नुपर्ने स्थिति आउन सक्ने आँकलन गरेको छ।

    डा. लोहनी भन्छन्, ‘त्यो स्थिति भयो भने हामीले एक हजार वटा भेन्टिलेटर र १ हजार ८ सय वटा आइसियूले व्यवस्थापन गर्नसक्छौं।’

     

    शनिबारसम्म कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ छ। जसमा २२ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ७८ जना डिस्चार्ज भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार