सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप बिस्फोट भएर दुई जना इन्जिनियरको मृत्यु भएको छ ।
प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार आइतबार अपराह्न भएको घटनामा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर २६ वर्षीय सुवासराज रेग्मी र कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हाे ।
८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परीक्षणका क्रममा उनीहरूकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दियाे ।
प्रहरी स्राेतका अनुसार अनुसार रेग्मी अछाम र थापा काभ्रेका हुन् ।
घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइन घाइते छन् । उनलाई आइतबार नै हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको ढकालले बताए ।
स्राेतका अनुसार सुरूङको अगाडिको भाग बिस्फोट भई उछिट्टिएर लाग्दा दुई जनाको मृत्यु भएको हो ।
दुबैको शव पोस्टमार्टमका लागि सोमबार बिहान हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल पठाइएको ढकालले बताए ।