Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आज पुस १२ गते सोमवारको राशिफल


    सोमबार, पुष १२ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । यस्तो छ  आज मिति २०७८ साल पुस १२ गते सोमवारको राशिफल

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शत्रु पराजित पनि हुनेछन् ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    आज लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । शेयर बजारमासमेत सफलता मिल्नेछ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    आज विद्या र बुद्धिको विकास हुनेछ । कुनै प्रसङ्गले मनमा शान्ति छाउला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । यात्रामा रूचि पनि बढ्नेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    आज महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक र न्यायिक कार्यमा पनि सफलता मिल्नेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    नयाँ काम वा रोजगार पाइनेछ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

    आज कार्यक्षेत्रमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । पुँजी बजारले पनि साथ दिनेछ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    अनावश्यक ठाउँमा धन खर्च होला । स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । मनमा चञ्चलता समेत बढ्नेछ, तर आफन्तले सहयोग गर्नेछन् ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । दिन भ्रमणमा पनि बित्ने छ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

    आज घरमा अतिथिको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । घरजग्गाको कारोबारमा सफलता पनि मिल्नेछ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । वैदेशिक कार्यहरूमा सफलता मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    मनमा शङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । समाजसेवामा मन लाग्नेछ । कुनै कुराले मनमा प्रसन्न रहनेछ । लाभदायक यात्राको योग पनि छ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
    – ज्यो.प. नारायणप्रसाद दुलाल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार