Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैत २२ देखि गर्ने निर्णय


    आइतबार, पुष ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक सकिएको छ ।

    पुस १० र ११ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा झापाको बिर्तामोडमा भएको बैठकले फागुन ७ गते विधान महाधिवेशन र चैत २२ देखि २४ सम्म २३ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    यसअघि बुधबार बसेको अनेरास्ववियु केन्द्रीय पदाधिकारीको बैठकले पुस १५ देखि २२ सम्म जिल्ला अधिवेशन गर्ने, पुस २५ देखि माघ २ गतेभित्र विश्वविद्यालय राष्ट्रिय कमिटी सम्मेलन गर्ने र पुस १३ देखि माघ २ गतेसम्म सम्पर्क कमिटी सम्मेलन गर्ने निर्णय गरेको गरेको थियो । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार