Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • इनडक्सन चुल्होमा पुनः होम डेलीभरी सेवा


    आइतबार, असार ७ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शनिबारदेखि काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले इनडक्सन चुल्हो पुनः होम डेलीभरी सेवाबाट विक्रि गर्न थालेको छ ।

    कम्पनीका अनुसार बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन चुल्हो, जडिबुटी कम्पनीको स्यानिटाइजर, साल्ट ट्रेडिङको आयो नुन, गहुँको पिठो र दुग्ध विकास संस्थानको शुद्ध घिउ पनि बिक्री थालिएको छ ।

    यसअघि चामल, गेडागुडी लगायतका खाद्यन्नको चक्रपथभित्र मात्रै डेलिभरी सेवा दिएको कम्पनीले सस्तो डिलसँगको सहकार्यमा सेवा विस्तार गर्ने भएको हो ।
    व्यापार साझेदारीकालागि सस्तोडीलसँग सम्झौता भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र प्रसाद सुवेदीले जानकारी दिए ।

    ‘सस्तो डिलको वेबसाइटमा खाद्य कम्पनीको सामाग्री राखिन्छ, उपभोक्ताको अर्डर आएपछि हाम्रो गोदाममा आएर उहाँहरुले डेलिभरी दिनुहुन्छ,’ सीईओ सुवेदीले थपे ‘यसरी डेलिभरी दिँदा अर्डरको रकम खाद्य कम्पनीकै बैंक खातामा जम्मा हुन्छ ।’

    उपभाक्ताको मागलाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको र लकडाउन अवधिभर सस्तो डिलले कुनै शुल्क नलिने सहमति भएको पनि कम्पनीले जनाएको छ ।

    तत्कालका लागि सस्तो डिलसँग सम्झौता भएपनि कानूनी रुपमा दर्ता भएका अरु थप कम्पनीसँग सहकार्य गरेर धेरै सहभागितामा बजार विस्तारको योजनामा कम्पनी रहेको सीईओ सुवेदीले बताए ।

    कम्पनीले बाल्ट्रा कम्पनीको इन्डक्सन ४ हजार रुपैयाँमा बेच्न थालेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार