Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादी केन्द्रको निर्णय


    शनिबार, पुष १० २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपमान्तरण गर्ने निर्णय गरेको हो ।  

    बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पार्टीमा आकर्षण बढ्दै गएकाले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको बताए । 

    माओवादीले भोलिबाट काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेको थियो । 

    तर पार्टीमा आकर्षण बढेपछि त्यसलाई परिवर्तन गरेर राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । 

    माओवादीले आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ।  उक्त बैठकले स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रवक्ता महराले जानकारी दिए ।

    यसअघि माओवादीले हेटौंडामा आठौं महाधिवेशन गरेको थियो । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार