Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकामा ३ सहित थप ७ सुविधा केन्द्र विस्तार गर्ने,  ६ सदस्य सुविधा काउन्टरमा छिट्टै एटिएम सेवा 


    शनिबार, पुष १० २०७८
    895
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • ललितपुर ।  पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा उनले संस्थाको आर्थिक वर्ष ०७७-०७८ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीकाबारेमा जानकारी गराए ।

     संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको उनको भनाइ छ ।
     

    कार्यक्रममा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३४ हजार सहकारीमध्ये श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताए । कोरोना भाइरस (कोभिड–१९) को विद्यमान अवस्थाका कारण सहकारी क्षेत्रमा परेको प्रभाव र सोको कारण सहकारी संस्थामा पर्नसक्ने समस्याहरुको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
     उनले देशकै उत्कृष्ट सहकारी संस्थाको पहचिान बनाउन सफल संस्थाले ५ वर्षे रणनीति तयारी गरी लागु गर्ने योजना रहेको बताए । रणनीतिसंगै व्यावसायीक योजना बनाउने छांै, त्यही अनुसार संस्था अघि बढ्नेछ । उनले संस्थाको लागानीमा सञ्चालिन अधिकांश संस्थाले प्रतिफल दिएको उल्लेख गर्दै ती संस्थाहरुलाई थप प्रबिधियुक्त बनाइने दाबी गरे  । उनले छिट्टै थप सदस्य सुविधा काउन्टरको बिस्तार, थप एटिएम सेवा को शुरुवात गर्ने जानकारी गराउँदै संस्थालाई थप प्रबिधिमैत्री र व्यवसायीक रुपमा अघि बढाउने जानकारी दिए ।

     उनले भने–अहिलेको तरलता अभाव रहेको वित्तीय बजारमा चुनौती थपिएको छ । त्यसका लागि सबै सहकारीकर्मीहरु एकजुट हुनुपर्छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर सहकारी संघ संस्थाहरुको शेयर पूँजी १ खर्ब ५० करोड भन्दा बढी रहेको, बचत परिचालन ८ खर्ब र सोही बराबरको ऋण प्रवाह भएको छ । उनले देशभर संचालित सहकारी संघ संस्थाहरुले प्रत्यक्ष रुपमा ३ लाख भन्दा बढी व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको बताए ।
      सहकारी क्षेत्रको पूँजीलाई उर्जा, पर्यटन, पशुपालन, उद्योग, कृषि लगायत मझौला तथा ठूला परियोजनामा लगानी गर्ने वातावरण सृजना गरी सहकारी मार्फत् राष्ट्रिय अर्थतन्त्रको विकास गर्न  वर्तमान सहकारी ऐन तथा नियमावलीलाई संशोधन गर्न अपरिहार्य रहेको बताए । 

     कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं अर्थविज्ञ डा. जनकराज शाहले मुलुकको हालको आर्थिक अवस्था र सहकारी क्षेत्रले खेल्नुपर्ने भुमिकाको बारेमा बोलेका थिए । उनले संस्था अघि बढाउन सबै कर्मचारी, विज्ञ सल्लाहकार र  सञ्चालक समितिको मुख्य भुमिका रहने उल्लेख गरे ।

    शाहले सहकारी मार्फत् देशको आर्थिक विकास गर्न सहकारी मैत्री कानून निर्माण गर्नुपर्नेमा जोड ििदए । उनले संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अघि बढाउने विषयमा स्पष्ट पारे । संस्था स्थापना भएको २१ वर्ष अवधीमा  सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २२ हजार पुगेको छ । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म “श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर” संचालन गरेको छ  ।

    संस्थाले गतवर्षदेखि  ललितपुर गोदावरीमा “श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योग” समेत संचालन भएको जानकारी दिएको छ । संस्थाले निकट भविष्यमा काठमाडौको नयाँबजार, महाराजगंज, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउण्टर संचालन गर्ने तयारी गरेको छ ।

    संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा।लि., शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा श्री लालीगुराँस उच्च मा।वि÷कलेज, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुर गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार