Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सामान्य विवाद हुँदा घाइते बनाए, घटनामा खटिएका प्रहरीमाथि नै आक्रमण गरे


    शनिबार, पुष १० २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रहरी र अर्काे एक सर्वसाधारणलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा रामेछापको मन्थली लिखु घर भई हाल जरङ्खु बस्ने वर्ष २९ को शनि तामाङ छन्। 

    काठमाडौं तार्केश्वर नगरपालिका-८ शेषमतीस्थित लामबजार नजिक सामान्य विषयमा विवाद हुँदा उनले सोही ठाउँका २९ वर्षीय सुवास तामाङलाई घारिलो हतियार खुकुरीले टाउको र घाँटीको पछाडिबाट हिर्काइ घाइते बनाएका थिए। त्यसपछि सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजु मातहत प्रभाग धर्मस्थलीमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

    सोही क्रममा उनले प्रहरीमाथि नै आक्रमण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। दुवै घाइतेको ट्रमा सेन्टरमा उपचार गरिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार