Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शेर्पाको दोस्रो जित, पराजित च्यासललाई रेलिगेसनबाट जोगिने दबाब


    शनिबार, पुष १० २०७८
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पिस्टोन मुटुम्बाको दुई गोलको मद्दतमा हिमालयन शेर्पाले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई ३–१ ले पराजित गरेको छ । दशरथ रंगशालमा शनिवार भएको खेलमा शेर्पाले च्यासललाई हराएको हो ।

    यसअघि ब्रिगेड ब्वाइजविरुद्ध ३–१ ले नै जित हात पार्दा गोल गरेका पिस्टोन मुटुम्बा र सुरेश कुमालले आज पनि गोल गरे । खेलको २५औँ मिनेटमा केन्याका खेलाडी मुटम्बाले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका हुन् । 

    पहिलो हाफमा अग्रता कायम राखेको शेर्पाले दोस्रो हाफमा दुई गोल थप्दा च्यासलले एक गोल मात्र फर्काउन सक्यो । ५६औँ मिनेटमा मुटुम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन शेर्पाले अग्रता दोब्बर बनायो । जारी लिगमा मुटुम्बाको यो तेस्रो गोल समेत हो ।

     ७५औँ मिनेटमा च्यासलका रुमेश बर्तौलाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । तर, सुरेश कुमालले ८०औँ मिनेटमा गोल गरेपछि शेर्पाले ३–१ को सहज जित हात पारेको हो । कुमालले यो लगातार दोस्रो खेलमा गोल हो । 

    लिगमा लगातार दोस्रो जित निकालेको हिमालयन शेर्पा अंकतालिकामा तीन स्थान सुधार गर्दै छैटौँ स्थानमा समेत उक्लेको छ । हिमालयनले ६ खेलबाट ८ अंक जोडेको छ । 

    उता, च्यासलले भने सिजनको चौथो हार बेहोरेको छ । जारी सिजन च्यासल धेरै हार बेहोर्ने टोली समेत बनेको छ । ६ खेलबाट ४ अंक रहेको च्यासल १३औँ स्थानमा रहँदै रेलिगेसनसँग संघर्ष गरिरहेको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार