Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • एसएसपी यादवको पोस्टमार्टम रिपोर्ट: ह्यांगगिङ्ग’ले मृत्यु भएको पुष्टि


    शनिबार, पुष १० २०७८
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशील कुमार यादवको मृत्यु ‘ह्यांगगिङ्ग’(झुन्डी आत्महत्या)का कारण नै भएको पुष्टि भएको छ।

    शुक्रबार दिउँसो आफ्नै क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेका यादवको हिजो राति नै स्थानीय भीम अस्पतालमा गरिएको पोस्टमार्टम गरिएको थियो। जसअनुसार उनको मृत्यु ‘ह्यांगगिङ्ग’ले नै भएको पुष्टि भएको छ।

    पोस्टमार्टमपश्चात शनिबार बिहान मृतक यादवका वुवा शिवप्रसाद यादवले उनको शव बुझेका छन् । शवको दाहसंस्कारका लागि गृहजिल्ला नवलपरासीमा लगिएको बताइएको छ ।

    २०४९ सालमा सेवा प्रवेश गरेका र ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते अवकाश हुने तयारीमा रहेका यादव नवलपरासी रामग्राम नगरपालिका-२ निवासी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार