Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज पुस १० गते शनिवारको राशिफल


    शनिबार, पुष १० २०७८
    495
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । यस्तो छ  आज मिति २०७८ साल पुस १० गते शनिवारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज ठूला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज भाग्यमा वृद्धि हुने र पारिवारिक सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावश्यक खर्चबाट पनि बच्न सकिन्छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज सफल यात्रा हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाजुभाइ वा मित्रबाट विशेष सहयोग पनि मिल्न सक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    आज वचन दिँदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । चोटपटकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    आज अकस्मात् सफलता पाइन सक्छ, तर अपमानको सम्भावना पनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आज सरुवा र बढुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन पनि हातलागी हुनसक्छ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
    – ज्यो.प. नारायणप्रसाद दुलाल

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार