Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्यु डायमन्डलाई चन्द्रागिरीको सहयोग


    शुक्रबार, पुष ९ २०७८
    410
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। न्यु डायमन्ड एकेडेमीलाई चन्द्रागिरी नगरपालिकाले व्यायाम सामाग्री, मेडिकल सामाग्री, फ्रिजलागयत सामग्री सहयोग स्वरुप शुक्रबार प्रदान गरेको छ ।

    करिब चार लाख रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको एकेडेमीका उपाध्यक्ष कुमार राईले जनाएका छन् । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र उपमेयर लिशा नकर्मीले एकेडेमीकी अध्यक्ष सुनकेशरी माली र उपाध्यक्ष राईलाई एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मेयर गिरीले उत्कृष्ट महिला भलिबल खेलाडी उत्पादनमा न्यु डायमन्डको योगदान प्रशंसनीय रहेको बताउँदै खेलकुदमा समर्पित एक सफल क्लबलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए ।

    उपमेयर नकर्मीले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्लब पदाधिकारीको मिहेनत र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमन्डका खेलाडीले गरेको प्रदर्शनको उच्च प्रशंसा गरिन् ।

    क्लबकी अध्यक्ष मालीले सबैको साथ र सहयोगले नै न्यु डायमन्ड अगाडि बढेको बताइन्उँ । उपाध्यक्ष राईले प्राप्त सामग्रीले खेलाडीको स्तरवृद्धिमा  सहयोग हुने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार