खोटाङ।खोटाङले नेपाली कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्य पाएको छ । नेतृ सरस्वती बजिमयले जिल्लाबाट कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्यको इतिहास रचेकी हुन् ।
जिल्लाबाट कांग्रेसको एकजना मनोनीत केन्द्रीय सदस्य मात्र बनेको इतिहास छ । १४औं राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति (महिला) तर्फ दुई हजार ४८ मत ल्याएर बजिमय केन्द्रीय सदस्यमा विजयी भएकी हुन् । हालसम्म जिल्लाका दर्जनौं नेताले विभिन्न राष्ट्रिय महाधिवशनमा कांग्रेस केन्द्रीय सदस्य चुनिन प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।
बजिमय तेस्राे प्रयासमा केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनी २०६७ र २०७२ कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । २०५७ सालमा कांग्रेसमा फुट आएकाबेला तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्यमा मनोनीत भएका विदुरप्रसाद पौडेल २०६२ सालमा पार्टी समायोजन हुँदा पनि केन्द्रीय सदस्य नै बनाइएका थिए । पौडेल जिल्लाको पहिलो कांग्रेस मनोनीत केन्द्रिय सदस्य र बजिमय निर्वाचन प्रकृयाबाट जिल्लाको पहिलो निर्वाचित केन्द्रीय सदस्य बनेको कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई बताउँछन् ।
२०७० सालमा समानुपातिक सांसद बनेकी बजिमय २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएकी थिइन् । २०३६ सालको जनमतसंग्रहपछि कांग्रेस निकट महिला संगठनबाट राजनिती थालेकी उनले महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला विभागको केन्द्रीय सदस्य, महासमिति सदस्यलगायतका भूमीका निर्वाह गरिसकेकी छन् । २१ फागुन २०१३ मा ओखलढुंगा बजारमा जन्मिएकी बजिमयको स्थायी बसोबास दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend