काठमाडौं,रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त पोखरीको स्वामित्व काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आज रानीपोखरी परिसरमै एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले स्वामित्व महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
स्वामित्व हस्तान्तरण कार्यक्रमपछि सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी पुनर्निर्माणको काम २०७२ सालमै महानगरपालिका आफैंले थालेको भए पनि पछि केही आरोप–प्रत्यारोपका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको बताए । ‘रानीपोखरी पुनर्निर्माणको काम २०७२ सालमै महानगरपालिका आफैंले सुरु गरेको थियो । २०७४ सालमा आएपछि हामीलाई आरोप–प्रत्यारोप गर्ने काम भयो । मेयरले रानीपोखरी बेचेर खायो भन्ने आरोप पनि आयो,’ प्रमुख शाक्यले भने ।
शाक्यले पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणले लिएपछि महानगरपालिकाको डिजाइन अनुसार नै पोखरी पुनर्निर्माण भएको बताएका छन् । ‘त्यतिबेला पनि मैले प्रधानमन्त्रीज्युलाई रानीपोखरीको डिजाइन तयारी अवस्थामा छ । त्यही अनुसार बनाऔं भनेको थिएँ । त्यो अनुसार हुन्छ भने मात्रै सहमति जनाउँछु भनेको थिएँ,’ प्रमुख शाक्यले भने । अहिले बनिरहेको रानीपोखरी आफूहरूको डिजाइन र सर्त अनुसार नै बनेको बताएका छन् ।
शाक्यले काठमाडौं महानगरपालिकाको वडा १, २७ र २८ का अध्यक्षको अनुगमन समिति बनाएर काम अघि बढाएको पनि बताए । शाक्यले मन्दिर गुम्बज शैलीमा बनाउने भनिए पनि त्यसको ऐतिहासिक र पुरातात्त्विक महत्त्वलाई ध्यानमा राखेर इतिहासको खोजी गरी महानगरपालिकाकै प्रयासमा ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरेको जानकारी दिए ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी काठमाडौं महानगरपालिका र सबैको पहलमा पुनर्निर्माण सम्पन्न हुनु गौरवको कुरा भएको पनि बताए । मेयर शाक्यले काठमाडौं महानगरपालिकाले सुरुमा विज्ञ समूह बनाएर उनीहरूकै राय–सुझाव अनुसार प्रताप मल्लकालीन स्वरूप, शैली र निर्माण सामाग्रीको प्रयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण गराएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको रानीपोखरी केही समय अघि उनीबाटै उद्घाटन भएको थियो । ऐतिहासिक मात्रै होइन, सांस्कृतिक, पुरातात्त्विक र ऐतिहासिक प्रेम कहानीसँग पनि जोडिएको पोखरी विश्वका लागि पनि उदाहरणीय पोखरी भएको भन्दै शाक्यले पोखरी पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण हुँदा आनन्दित भएको उनले बताए ।
रानीपोखरी पुनर्निर्माणको काम उपभोक्ता समिति गठन गरी २०७५ साल फागुन २० गतेबाट पुनर्निर्माणको काम सुरु भएको थियो ।
पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले पोखरी पुनर्निर्माणका लागि उपभोक्ता समितिमार्फत ८ करोड १५ लाख र पहिलो चरण अन्तर्गततै सौन्दर्यीकरण, बालगोपालेश्वर मन्दिर निर्माण, पुल निर्माणलगायतका लागि १७ करोड ४५ लाख गरी करिब २६ करोड लगानीमा रानीपोखरी निर्माण भएको जानकारी दिए । न्युज कारखाना
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend