काठमाडौं । नेकपा सचिवालयको बैठक सम्पन्न भएको छ । शनिबार बिहान ९ बजे सुरु भएको बैठकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात बर्ष पूरा भएको हुनुपर्ने निर्णय गरेको छ । साथै वैवाहिक अंगीकृत नागरिकता प्राप्तीका लागि सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्नेछ ।
बहुचर्चित एमसीसीका बारेमा भने बैठकमा के भयो, त्यसबारे प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलाउन चाहेनन् । आजको बैठकको मुख्य एजेन्डा एमसीसीबारे छलपल हुुने भनिएको थियो ।