धनगढी । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुदूरपश्चिमबाट कांग्रेस सभापति, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य गरी १७ जना निर्वाचित भएका छन् ।
१४औं महाधिवेशनबाट कांग्रेस सभापतिमा डडेल्धुराका शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा कांग्रेस सभापतिमा दोस्राेपटक निर्वाचित भएका हुन् । सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डे विजयी भएका छन् । उनी यसअघि केन्द्रीय सदस्य थिए ।
खुला केन्द्रीय सदस्यमा कञ्चनपुरका एनपी साउद र रमेश लेखक, डडेल्धुराका नैनसिंह महर तथा दार्चुलाका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् ।
महिला केन्द्रीय सदस्यतर्फ डडेल्धुराकी आरजु राणा देउवा तथा कैलालीबाट ईश्वरी न्यौपाने विजयी भएका छन् । भूगोलतर्फ कैलालीका डा. रणबहादुर रावल, कञ्चनपुरका यज्ञराज जोशी, कैलालीकी सुशीला मिश्र भट्ट विजयी भएका छन् ।
दलित खुलातर्फ कैलालीका नृपबहादुर वड र बझाङका प्रकाश स्नेही रसाइली विजयी भएका छन् । थारु खुलातर्फ कैलालीका रामजनम चौधरी र जीवन राना, पिछडिएको क्षेत्रबाट बझाङका अर्जुनजंगबहादुर सिंह तथा खस आर्यतर्फ अछामका गोविन्दबहादुर शाह विजयी भएका छन् ।
जिल्लागत रूपमा हेर्दा डडेल्धुराबाट सभापतिसहित तीनजना, बाजुराबाट एक सहमहामन्त्री, कैलालीका ६ जना केन्द्रीय सदस्य, कञ्चनपुरका तीनजना केन्द्रीय सदस्य, बझाङबाट दुईजना केन्द्रीय सदस्य तथा अछाम र दार्चुलाका एक/एकजना केन्द्रीय सदस्यमा विजयी भएक छन् । बैतडीबाट केन्द्रीय सदस्य निर्वाचित भएका छैनन् ।
विजयी १७ मध्ये संस्थापन पक्षबाट १४ तथा इतर समूहबाट तीनजना विजयी भएका छन् । कांग्रेस सहमहामन्त्रीमा विजयी भएका बद्री पाण्डे, केन्द्रीय सदस्य दिलेन्द्र बडू र बझाङका प्रकाश स्नेही रसाइली इतर समूहका हुन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend