Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिमनदी पग्लिँदा एसियाका लाखौं मानिस प्रभावितः अध्ययन


    बिहिबार, पुष ८ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । हिमाली क्षेत्रमा तीव्र गतिमा हिउँ पग्लिँदा एसियाका मानिसको जीविकोपार्जनमा  ठूलो असर परेको एउटा अध्ययनले देखाएको छ । जलवायु परिवर्तनका कारण अन्य क्षेत्रको तुलनामा एसियामा तीव्र ढंगले हिमनदी पग्लिएको विज्ञहरुले बताएका छन् ।  जलवायु परिवर्तनले अस्वभाविक ढंगले हिमालको आकारसमेत घटेको जनाइएको छ ।

    हिमनदी पग्लिँदा एसियाको ब्रह्मपुत्र, गंगा र सिन्धुलगायतका नदीका आश्रित लाखौ मानिस प्रभावित भएका छन् । साइन्टिफक रिपोर्टसमा प्रकाशित सो अध्ययनमा पछिल्ला दशकहरुमा हिमाली क्षेत्रका हिमनदीमा हिउँको मात्रा ४०० वर्ष अगाडिभन्दा १० गुणाले घटेको अध्ययनमा उल्लेख छ ।

     लन्डनको युनिभर्सिटी अफ लिड्स स्कुल अफ जियोग्राफीका उपप्रमुख तथा अनुसन्धान टोलीका लेखक डा। जोनाथान क्यारिभिक भन्छन्, ‘ हिमनदीको हिउँ अघिल्ला शताब्दीको तुलनामा १० गुणाले घटेको  छ ।’

    हिमनदीले आफ्नो ४० प्रतिशत क्षेत्र गुमाएको र हिमनदी पग्लिँदा निस्किएको पानीले समुद्रको तहमा बृद्धि भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार