Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जनामा कोरोना पोजिटिभ


    शनिबार, असार ६ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एकजना चिकित्सकसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    अस्पतालको मेडिकल वार्डमा भर्ना भएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि विरामीको हेरचाहमा खटिएका डाक्टरसहित स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।

    उनीहरुको स्वाब संकलन गरी परीक्षण गर्दा एकजना चिकित्सक, दुईजना नर्स र एकजना स्वास्थ्यकर्मीमा शुक्रबार कोरोना पुष्टि भएको हो । उनीहरु दुई महिला र दुई पुरुष हुन् ।

    यससँगै अस्पतालले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए ।

    बिरामीको हेरचाहमा संलग्न ४ जना डाक्टर, ११ जना नर्स र ६ जना स्वास्थ्यकर्मी गरी २१ जना अहिले होम क्वारेन्टिनमा बस्दै आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार