Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • कतारमा आममाफी पाएका ४३ नेपाली फर्किए


    शनिबार, असार ६ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार हिजो शुक्रबार भएको अन्तर्राष्ट्रिय उडानमध्ये कतारमा आममाफी पाएका ४३ नेपाली कामदार स्वदेश फर्किएका छन्। कतार एयरवेजको जहाजमार्फत उनीहरु हिजो दिउँसो काठमाडौँ आइपुगेका हुन्।

    कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाइएको छ। सोही जहाजमा कतारमा बन्दाबन्दीको अवधिमा मृत्यु भएका २० र हिमालयको कुवेत तथा माल्दिभ्सबाट एक/एक नेपालीको शव पनि ल्याइएको छ। यस्तै नेपाल एयरलाइन्सले दुबईबाट एक शव ल्याएको थियो। जजिरा एयरलाइन्सले कुबेतबाट दुई शव ल्याएको थियो। आज शनिबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान गर्दैछन् भने विदेशी एयरलाइन्सले पनि उडान भर्ने जनाइएको छ। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार