Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाको सचिवालय बैठक बस्दै, एमसीसी मुख्य एजेन्डा


    शनिबार, असार ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शनिबार बिहान बस्दैछ । शनिबार बिहान बोलाइएको सचिवालय बैठकमा बहुचर्चित एमसीसीका बिषयमा छलफल हुने बताइएको छ ।

    आजको बैठकमा लामो समयदेखि वहस र विवादमा रहँदै आएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय नै मुख्य एजेन्डा रहेको छ । एमसीसीको बिषय नेकपामा पेचिलो बन्दै गएको छ । पार्टी सचिवालयमा एमसीसी नेपालको हितमा नभएकाले संसदबाट अनुमोदन गर्नु नहुने पक्षमा बहुमत छ । एमसीसी आगामी असार १५ मा संसदबाट अनुमोदन गर्नैपर्ने दबाब प्रधानमन्त्री केपी ओलीमाथि छ । तर एमसीसी पास गराएमा अमेरिकी सेना नेपालमा आइहाल्छ भन्ने तर्क नेकपाका बरिष्ठ नेता झलनाथ खनालदेखि भीम रावलसम्मले राख्दैआएका छन् ।

    प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कार्यदलको सुझाव अनुसार अगाडि बढ्नुपर्ने अडानमा देखिएका छन् । प्रचण्डसहितका नेताले कार्यदलले बनाएको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने अडान राख्दै आएका छन् ।
    नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठन गरेको एमसीसी अध्ययन कार्यदलले परिमार्जन गरेर मात्र पास गर्नुपर्ने प्रतिवेदन दिएको छ । कार्यदलमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसमा फरक मत राखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार