Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेडिकल कलेजको मनपरी: शुल्क नघटाए सिट संख्या घटाउने आयोगको चेतावनी


    बिहिबार, पुष ८ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो । आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप खेपिरहेको आयोगले अटेर गर्ने मेडिकल कलेजको आगामी शैक्षिक सत्रमा सिट संख्या घटाउने चेतावनी दिएको हो ।

    आयोगका सदस्य–सचिव डा. भोजराज काफ्लेले अटेर गर्ने र विद्यार्थीसँग मनपरी शुल्क लिने कलेजमाथि अनुसन्धान शुरु गरिसकिएको र ती मेडिकल कलेजलाई अनुमति दिइएको सिट रोक्का गर्न पत्र पठाउने तयारी भइरहेको बताउनुभयो । कारबाही गर्ने अधिकार आयोगसँग नभएको गुनासो गर्दै उहाँले भन्नुभयो– ‘के गर्ने, कारबाही गर्ने अधिकार हामीलाई रहेनछ, बढी शुल्क लिने कलेज भएका जिल्लामा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी कारबाही गर्न आग्रह गरेका छौं ।’

    उहाँका अनुसार मनपरी शुल्क लिने कलेजमाथि कारबाही अघि बढाउन कास्की, मोरङ, काठमाडौं, पर्सा, लुम्बिनी र चितवन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको छ । आयोगले मेडिकल कलेजको सम्बन्धन दिएका सबै विश्वविद्यालयलाई समेत बढी शुल्क लिएका कलेजमाथि कारबाही गर्न पत्र पठाएको छ ।

    शैक्षिक सत्र २०७७/०७८ का लागि लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भई अध्ययनका लागि गएका विद्यार्थीलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को दफा २ (थ) मा उल्लेख भएको शुल्क पुनः लिन नपाउने स्पष्ट हुँदाहँुदै सरकारी निर्देशनको अवज्ञा गर्ने कलेजमाथि कारबाही गर्नुपर्ने माग बढेको छ । नेपाल समाचारपत्रबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार