Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोभिडपछि पनि चार गुणाले बढ्यो विदेश जानेको संख्या


    बिहिबार, पुष ८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । कोभिड प्रभावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो । चालु आवको सुरुदेखि भने रेमिट्यान्स आय लगातार घटिरहको छ ।

    तर यही बेला विदेशमा जाने युवाको संख्या करिब चार गुणाले बढेकाले आगामी दिन रेमिट्यान्स आफ्नै लयमा फर्कन संकेत देखिएको हो ।

    वैदेशिक रोजगार विभागका अनुसार गत वर्षका सुरुका चार महिनामा प्रतिदिन औसत ३ सय ५८ जना युवा विदेश गएका थिए । चालु वर्ष या संख्या १ हजार २०३ पुगेको छ ।

    यो कार्तिकमा मात्र श्रम स्वीकृति लिएर चार हजार २९५ महिलासहित ५४ हजार ९१८ नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

    यो वर्ष विदेश जानेको संख्या झण्डै कोभिड अगाडिको जस्तै छ । नागरिक दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार