Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • बेलायतमा एकैदिन १ लाख कोभिड संक्रमित थपिए, ओमीक्रोनको संख्या पनि ७५ हजार नजिक


    बिहिबार, पुष ८ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लन्डन। बेलायतमा कोभिडबाट एकै दिन अहिले सम्मकै उच्च संख्यामा संक्रमित भएका छन् ।

    पछिल्लो तथ्यांक अनुसार १ लाख ६ हजार १२२ जनालाई कोभिड भएको छ । ती मध्ये १३ हजार १ सय ८१ जना ओमिक्रोनबाट संक्रमित छन् ।

    बेलायतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७४ हजार नाघेको छ । 

    पछिल्लो २४ घण्टामा बेलायतमा १४० जनाको कोभिडबाट ज्यान गएको छ ।

    ८ हजार भन्दा बढी कोरोना संक्रमणका कारणले अस्पताल भर्ना भएका छन्  । ती मध्ये ८४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार