Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बंगलादेश जाने कराते टोलीकाे बिदाइ


    बुधबार, पुष ७ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बंगलादेशमा आयोजना हुने बि–जी कराते च्याम्पियनसिप २०२१ मा सहभागी हुन जाने कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले बुधबार बिदाइ गरेका छन् । 

    बिदाइ कार्यक्रममा राखेपका सदस्य पुरेन्द्र विक्रम लाखेको पनि उपस्थिती रहेको थियो । बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्नेछ । 

    बंगलादेश जाने टोलीमा रामकुमार श्रेष्ठ टिम व्यवस्थापकमा छन् । यस्तै प्रशिक्षकमा श्याम रोका, खेलाडीहरूमा राजदेव बमजन (६५ केजी), धेजेन डोल्मा तामाङ (४५ केजीं), ग्याल्मो सोमिका लामा (३५ केजी), युरोदिश रोका (६० केजी, पासाङ्ग तामाङ (७० केजीं), रविन्द्र कुँवर (खुला) तथा उमेश भण्डारी (५५ केजी) रहेका छन् । 

    यस्तै निर्णायकमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्गमा तामाङ र गणेश लाल श्रेष्ठ छन् ।

    मुजिबको सयौं जन्मोत्सवको उपलक्षमा आयोजना गरिएको च्याम्पियनसिप २७ देखि २९ डिसेम्बरसम्म हुनेछ ।

    टोलीलाई बिदाइ गर्दै उपाध्यक्ष कोइरालाले खेलाडीले खेल्ने मात्र नभई नेतृत्व विकास पनि गर्नुपर्ने र राष्ट्रको ईज्जतलाई उच्च राखेर उपाधि जितेर आउन शुभकामनासहित बिदाइ गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार