काठमाडौं । आज पनि काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा दुई महिला र एक पुरुष गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार मात्र काठमाडौंमा दुई, ललितपुरमा एक र भक्तपुरमा तीन जना गरी काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।पछिल्लो समय विभिन्न नाकाबाट लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम पनि बढेको छ ।
आज थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार ४२६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ८ हजार २७४ पुगेको हो । नयाँ संक्रमितमध्ये ७ हजार ५६७ पुरुष र ७०७ महिला रहेका छन् ।