Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाकिस्तानमा मन्दिरमा मूर्ति तोडफोड भएपछि प्रदर्शनमा उत्रिए हिन्दू


    मंगलबार, पुष ६ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पाकिस्तानको कराँचीस्थित नारायणपुरा क्षेत्रमा एक दुर्गा मन्दिरमा सोमबार राति दुई अतिवादी युवाहरुले मूर्तिलाई हथौंडाले तोड्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।

    यसको बिरोधमा आज कराँची सिटी कोर्ट र प्रेस क्लब अगाडी सयौंको संख्यामा पाकिस्तानी हिन्दूहरुले सडकमा प्रदर्शन गरेका छन् । 

    प्रदर्शनमा सयौं महिलाहरुको पनि उपस्थिति रहेको थियो । 

    उनीहरुले आरोपीहरुलाई सजाय दिन माग गरेका छन् । फेरि पाकिस्तानी अल्पसंख्यक हिन्दू र धर्ममाथि यस्तो खालको व्यवहार नहोस् भन्नका लागि कारबाही तत्काल हुनुपर्ने उनीहरुले माग गरे । 

    उता पक्राउ परेका युवकलाई कराँचीस्थित सिटी कोर्टले १४ दिनका लागि पूर्पक्षका लागि पठाएको छ । 

    मन्दिरमा भएको उक्त घटनालाई लिएर स्थानीय हिन्दूहरु क्रुद्ध भएका छन्  । उनीहरुले प्रहरीले यस घटनालाई गम्भीरताका साथ नलिएको आरोप उनीहरुको छ ।

    अहिलेसम्म अर्का आरोपी पक्राउ पर्न सकेका छैनन् । स्थानीय सञ्चारमाध्यमले पनि यो घटनालाई दबाउन खोजेको भन्दै उनीहरुले कराँची प्रेस क्लब अगाडि प्रदर्शन गरेका हुन् ।  

    पाकिस्तानमा पछिल्लो समय हिन्दूहरुमाथिको आक्रमणमा वृद्धि आएको छ । 

    २२ महिनामा हिन्दू मन्दिरमा भएको यो ९ औं आक्रमण भएको जनाइएको छ । 

    घटनाले सांप्रदायीक हिंसा भड्न सक्ने भन्दै स्थानीय मुस्लिम समुदायले घटनाको निन्दा गरेको छ । एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार