हिजो प्रधानमन्त्रीले राष्ट्रिय सभालाई सम्बोधन गर्दा बेसार तातोपानीलगागतका घरायसी भान्सामा प्रयोग हुने चिजवस्तुको प्रयोगले कोरोना जित्न सकिने कुरा बताए । तर यसलाई मूलधारका पत्रिका तथा सामाजिक संजालले प्रधानमन्त्रीले कोरोनाको औषधि नै सिफारिस गरे भनेर मजाक, आक्रोश र कुण्ठा पोखे । नेपाली भान्सामा सदियौंदेखि प्रयोग हुँदैआएका बेसार, टिमुर, लसुन, अदुवा, मरिच, जिरा आदिमा कुनै न कुनै खालको औषधीय गुण छ र यसको निरन्तर प्रयोग आजसम्म भैरहेको छ ।
के हो बेसार ?
बेसार एउटा जिन्जिवेरसी (Zingiberaceae) परिवारको कन्दमूल हो । यसको वानस्पतिक नाम “करक्यूमालोगा” हो । विशेष गरी यो दक्षिणी तथा पूर्वी एशियाको कन्दमूल हो तर हाल यो विश्वभरी सम्पूर्ण देशमा प्रयोग हुने गर्दछ । बेसारमा हुने नाम “कुरकुमिन”नामक जैविक रसायनका कारण बेसार पहेंलो देखिएको हो । यस रसायनमा औषधीय तत्व पाइन्छ । पौष्टिकतत्वहरुको रुपमा बेसारमा भिटामिन “ए” १७५ प्रति सयग्राममा, केहीमात्रामा भिटामिन“बि”, “बि–२”, “सी” र खाद्यउर्जा ३९० क्यालोरी प्रति एकसय ग्राममा पाइन्छ भने खनिजमा क्याल्सियम, फस्फोरस, फलाम आदि प्रचूर मात्रामा पाइन्छ । यसर्थ बेसार खानाको रंग बदल्ने एउटा तत्व मात्र नभएर गुणकारी जडीबुटी पनि हो ।
बेसार कुनै खाएको एक घण्टामै ज्वरो घटे जस्तो प्रतिक्रिया देखाउने “एन्टिवायोटिक”होइन, अझैसम्म सारा विश्व नै कोरोनाको औषधि पत्ता लगाउन नसकेर हैरान भएको यो अवस्थामा कोरोनाकै औषधिको रुपमा बुझ्नु त झन् मुर्खता हो । तथापी रोग र रोग प्रतिरोधात्मक क्षमताको विषयमा ब्यापक अध्ययन अनुसन्धान भएका छन, आज संसारभरका खानामा रोग प्रतिरोधात्मक क्षमता बढाउने तत्वहरुको प्रयोग ब्यापक रुपमा बढेको छ । बेसारमा पनि यस्तै औषधीय गुण भएका कारण एउटा प्रमाणित बनस्पतिको रुपमा स्वीकार गरिएको छ ।
पूर्वाग्रही तर्क
देश सञ्चार अनलाइनले प्रधानमन्त्री ओलीको बेसार महात्म्य शीर्षकमा बेसार के हो ? किन सदियौंदेखि हाम्रो भान्सामा प्रचलित छ भन्ने कुराबारे त केही लेखेको छैन तर जुनसुकै कुरामा पनि लान्छाना लगाउन ब्यक्तिगत तवरमा निम्नस्तरको टिप्पणी गरेको छ ।

त्यस्तै ट्वीटरमा सक्रिय डाक्टर सुधांशु केसीले के जण्डिसमा बेसार खाएर पहेंलो हुने भए साग खाएर आँखा हरियो हुन्छ त भनी प्रतिप्रश्न गरेका छन ।

यद्यपि विषयविज्ञ मानिएका डाक्टरहरुले यस्तो तर्क गरेतापनि हरियो सागमा पाइने भिटामिन र मिनरल्सले आँखामात्रै होइन हाम्रो शरीरलाई चाहिने आवश्यक तत्व पूरा गर्न मद्दत गर्दछन् । त्यसैले होला हाइस्कुलमा आँखाको सुरक्षा र निरोगिताको लागि भात बहादुर र सागबहादुर भनेर पोष्टर टाँसिएका हुन्थे । त्यस्तै सामाजिक संजालमा धेरै फलोवर्स भएका र गगन थापा मन्त्री हुँदाका सल्लाहकार डाक्टर रामेश कोइरालाले पनि सधै झै बेसारको सन्दर्भमा पनि निम्नस्तरकै प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे ब्यंग्य गरेका छन् ।

बेसारका पक्षमा
बेसार साँच्चै स्वास्थ्यको लागि लाभदायक छ त ? भन्नेबारेमा सीएनएनमा सन् २०१८, अगष्ट ७ मा मार्टिजा मोल्यूटको एउटा लेख छापिएको छ । उनले बेसार मधुमेह, बाथ, कपाल झर्ने, शीघ्रपतन, आँखाको कमजोरी क्यान्सर लगायतका रोगमा लाभकारी हुने उल्लेख गरेका छन् । त्यसै लेखमा नेशनल सेन्टर फर कम्पिलीमेन्ट्री एण्ड इन्ट्रिग्रेटिभ हेल्थका उपनिर्देशक डा. क्राइङ होपले भोजनमा बेसारको उत्तम प्रयोगले भारतीय उपमहादिपमा आन्द्राको क्यान्सरको दरमा कमी आएको कुरा उल्लेख गरेका छन् ।
त्यस्तै इम्पेरियल कलेज लण्डनका नेत्र विशेषज्ञ प्रोफेसर डा. फ्रान्सेसा कोर्डिरोले बेसारको उचित मात्राको प्रयोगले आँखालाई फाइदा पु¥याउने र दिनमा २ सय मिलिग्राम बेसार खानपुर्ने बताएका छन् । त्यस्तै उनले अगाडि भनेका छन्, अलजाइमरका लागि पनि यो उपयोगी हुन्छ । त्यस्तै २०२० अप्रिल ७मा बीबीसीमा प्रकाशित एउटा लेखमा बेसार स्वास्थ्यको लागि उपयोगी हुने बताइएको छ । त्यसैगरी न्यूयोर्क टाइम्समा २०१९ अक्टोवर १६ मा प्रकाशित एउटा लेखमा पनि बेसार उच्च कोलेस्ट्रोल, उच्च ज्वरो, डिप्रेसन, मधुमेह, जोर्नी दुखाई आदिमा उपयोगी हुने कुरा उल्लेख छ । पोषणविद् डा. अरुणा उप्रेतीले २०७४ पुस महिनाको हिमालखबर पत्रिकामा हरेक भान्सामा पाइने बेसार मानव स्वास्थ्यको लागि वरदान हो भनी लेख्नुभएको छ । उहाँले खाना अपच, रगत सफा गर्नेदेखि लिएर सौन्दर्यका लागि समेत बेसार गुणकारी भएको उल्लेख गर्नुभएको छ ।
अन्तमा
अहिले मूलधारका पत्रिका, बौद्धिक क्षेत्र, सामाजिक संजाल सरकारले जे गरे पनि बिरोध गर्ने, रोक्ने, असफल पर्ने कलुषित मनसायले संगठित भएको देखिन्छ । हिजो बेलायत पढेका शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कोलम्विया युनिर्भसिटीमा बोलेको अंग्रेजी कुरालाई जिब्रोको कमजोरी भन्नेहरु आज केपी ओली १० कक्षा पढेको भनेर होच्याएर मजाक गर्दैछन । यथार्थमा के हो भने समाजको एउटा यस्तो बर्ग छ जसले जो सुकै सत्तामा भएर के भयो र त्यसैले शासन गर्दछ । चाहे पत्रकारका नाममा होस, चाहे फेक न्यूजको नाममा होस चाहे ब्यापारी वा बुद्धिजीवी । आखिर शासन उनैको चलेको छ । बेसारको सार के हो भने बेसार कुनै इन्जेक्सन होइन तर हाम्रो स्वास्थ्यका लागि अनेकौं फाइदा छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend