Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुटपिटबाट दुई जनाको मृत्यु


    मंगलबार, पुष ६ २०७८
    370
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • संखुवासभा । संखुवासभामा दुई स्थानमा भएको कुटपिटबाट दुई जनाको मृत्यु भएको छ ।  कुटपिटबाट पाँचखपन नगरपालिका-३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारी जानकारी दिए । 

    प्रहरीले विष्णुमायाको हत्यामा संम्लग्न भएको आरोपमा श्रीमान दिपन राईलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक अधिकारी बताए ।

    त्यस्तै मंगलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जी मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनीहरूबीच भएको विवादमा कुटपिट हुँदा चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते चन्द्रबहादुरको उपचारका क्रममा जिल्ला अस्पताल संखुवासभामा मंगलबार दिउँसो मृत्यु भएको हो ।

    हत्यामा संम्लग्न भएको आरोपमा जीवन दर्जीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार